स्वास्थ्य

एम्बुलेन्स सञ्चालन

रसुवा । बिरामी ओसारपसार गराउने कार्यमा सहज पार्न रसुवा रेडक्रश शाखाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एक वर्ष अगाडिबाट बिग्रिएर थन्किएको एम्बुलेन्स मर्मत गराई चालू् गराइएको रेडक्रश सभापति बाबुलाल तामाङले बताए । एम्बुलेन्स आइतबारबाट सञ्चालनमा आएको हो ।

जिल्ला अस्पतालमा उपचार हुन नसकेका बिरामी हेलिकोप्टरबाट काठमाडौँ लान खर्चको अभाव भइरहेका बेला एम्बुलेन्स सञ्चालनले निकै सहजता ल्याएको जिल्ला अस्पताल रसुवाले जनाएको छ ।

एम्बुलेन्स चाहिने जो कोहीले पनि तुरुन्तै रेडक्रश जिल्ला शाखा धुञ्चेमा सम्पर्क राख्न सर्वसाधारणसँग आग्रह गरिएको छ ।