राजनीति

कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायालयलाई कार्यपालिकाको नियन्त्रणमा लिईसके : डा.कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले नेपालमा स्वतन्त्र नयायपालीका धरापमा परेको बताएका छन् । दीपकराज जोशीलाई प्रधानन्यायधीश नियुक्ती गर्नुभन्दा अगाडी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेकपाका अध्यक्ष पुष्पकमल दहालले ४ पटक सम्म भेट्नु, राजीनामा माग्नु लगायतका गतिबिधिले नयायालयलाई कार्यपालिकाको नियन्त्रणमा राख्ने षढ्यन्त्रमा रहेको बताए । उनले गिरिजा प्रसाद कोईरालाले नचाहेका थिए भए राजसंस्था नफालिने दाबी गरेका छन् ।
हिन्दू राष्ट्र र राजसंस्था फर्काउने काँग्रेसको बिचारको बारेमा तपाईको भनाई के छ भन्ने प्रश्नको जवाफमा राजसंस्था भन्दा गणतन्त्रको कार्यान्वयनतिर काँग्रेस नलाग्ने भन्दै उनले हिन्दू राज्यको लागि भने महासमिति बैठकले रणनीति तयार गर्ने बिचार ब्यक्त गरे । काँग्रेसले धार्मिक स्वतन्त्रतामा रहेको, संबिधानमा धर्मनिरपेक्षता लेखिएको भएपनि दुईतिहाईले पास गरे वा नेपाली जनता उठेमा जनमत संग्रह गरेमा तयो पनि ठूलो कुरा नहुने बताए ।
काँग्रेसले संबैधानिक सर्बोच्चता चाहेपनि कम्युनिष्टले संसदीय सर्बोच्चता चाहेका कारण कम्युनिष्ट सरकारले सभामुख र उपसभामुख एउर्टै पार्टीका रहँदा समेत कम्युनिष्ट पार्टी परिवर्तन नभएको बताए । उनले काँग्रेसले सरकारले गलत काम गरेका बेला काँग्रेसले आलोचनात्मक समर्थन गर्ने दाबी गरे ।
भारतीयहरुसंग सम्बन्ध चिसिएको हो र ? भन्ने प्रश्नमा आफूलाई भारतसंगको काँग्रेसको सम्बन्ध नबिग्रिएको दाबी गरे ।

प्रभाबशाली नेता डा. कोईरालाले काँही नभएको जात्रा हाँडिगाउमा भनेजस्तै बर्तमान सरकारले प्रतिपक्षी दलको सहभागीता बिनै संसद चलाएकोे बताए । एक फरक प्रश्नको जवाफमा डा. कोईरालाले ०६२ ६३ को आन्दोलनपछि सबैभन्दा बढी सरकारमा एमाले र माओबादी नै बसेपनि काँग्रेसले बिकास निर्माणका काम नगरेको आरोप लगाउनु गलत भएको बताए ।

एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिँदै डा. कोईरालाले लालबाबू पण्डीतलाई साईकल चढेर हिँड्नेले निर्बाचन नजित्ने भन्दै हिँडेका कारण निर्बाचन हुनुभएको हो भन्ने प्रश्नको जवाफमा आफूले कहिल्यै पनि प्रतिपक्षीलाई कमजोर नठान्ने र त्यसो नभनेको दाबी गरेका छन् ।