बाग्मती

प्रदेशसभाको बैठक सोमबार

हेटौँडा । प्रदेश नं ३ को बैठक सोमबार बस्ने भएको छ । गत साउन ४ गतेदेखि प्रदेशसभाको बैठक प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले डा. गोविन्द केसीले उठाएका विषय र सभामुख तथा उपसभामुख फरक दलको हुनुपर्नेलगायतका माग राखेपछि स्थगन भएको थियो । प्रदेशसभाको आज बस्ने कार्यव्यवस्था समितिको बैठकले सोमबारको बैठकमा केही विधेयक र मुख्यमन्त्री कार्यालयबाट भएको सार्वजनिक निर्णयको कार्यसूची पेश हुने प्रदेश सचिवलायका उपसचिव मोहन निरौलाले जानकारी दिए ।