मनोरञ्जन

हेर्नुहोस् महिमाको ‘पसिना’

काठमाडौ । गायिका महिमा विश्वकर्मा टिपिकल भाकामा तीज गीत बजारमा ल्याएकी छन् । नजिकिदै गरेको नारीहरुको तीज पर्वलाई लक्षित गर्दै ‘पसिना ’ शीर्षकको तीज गीत बजारमा ल्याएकी हुन् । आमा दिदी बहिनीको पीर ब्यथा समेटेर तिज गीत गाएको उनले बताइन् ।

गायक नेत्र भण्डारी र गायिका विश्वकर्माको सुमधुर अवाजमा रहेको गीतमा नेपाली ग्रामिण परिवेशमा भएको पिडालाई रमाइलो भावका साथ समेटिएको छ । डाडा पाखामै हुर्किएका गायक नेत्रलाई अहिले पनि याद छ तीजकै लागि भनेर आमा तथा दिदि बहिनीहरुका लागी किनी दिएको नयाँ लुगा लगाएर घर नजिकै मन्दिरमा नाँच हेर्दै फुरुङ्ग परेर नाँचेको अवस्थामा भएको खुशीको उमङलाई गीतमा समेटिएको गायक नेत्र भण्डारीले बताए ।

सन्ध्या केसीको शब्द तथा नेत्र भण्डारीको मार्मिक लय सिर्जना रहेको छ । खोला तर्न नसकेर माझीको प्रतिक्षामा बसेको मात्रै हैन । माइतीघरमा चेलीबेटी जम्मा भएर रमाइलो गरेको प्रसंग लाई सम्झना स्वरुप गीतमा आफुले कोरेको सन्ध्याले बताईन ।

अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतमा रहेको छ भने करिष्मा ढकाल र सुमन परियारको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियोः–