खेलकुद

बिद्यालय फुटसल प्रतियोगिता फुटसल हुने

काठमाण्डौ । प्रथम ओप्स अन्तर बिद्यालय फुटसल प्रतियोगिता आईतवार देखि हुने भएको छ । जीवनको मूल आधार शिक्षा र खेलकुद भन्ने स्लोकनका साथ साउन २३ गते सम्म संचालन हुने प्रतियोगितामा २० स्कुलको सहभागिता रहेको पत्रकार सम्मेलनमा आयोजक संस्था ओप्सका अध्यक्ष एवंम् हिमरश्मी स्कुलका प्रिन्सिपल लोकेन्द्र बहादुर खड्काले जानकारी दिए । मनमैजु स्थित जिफोर खेल मैदानमा संचालन हुने प्रतियोगिताका सहभागि टिमलाई ४ समूहमा बिभाजन गरि लिगकम नकाउटका आधारमा खेल संचालन गरिने अध्यक्ष खड्काले जानकारी गराए । एन्जल्सहार्ट स्कुलको ब्यवस्थापनमा संचालन हुने प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट फरर्वाड,उत्कृष्ट गोलकिप्पर,उत्कृष्ट मिडफिल्डर र अनुशासित टिमको उपाधिबाट खेलाडी तथा टिमलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक एवंम् एन्जल्सहार्ट स्कुलका प्रिन्सिपल धनवहादुर पुनले जानकारी गराए । पत्रकार सम्मेलनमा पुनले भने हाम्रो सानो प्रयास हो “राज्यले नै बिद्यालय खेलकुदलाई मेरुदण्ड बनाएर खेलकुद गतिबिधि संचालन गरे मात्र स्कुल टु ओलम्पिकको सपना साकर हुने छ ।

प्रतियोगितामा सहभागि टिममा समूह ए मा एन्जल्सहार्ट,प्रगति,लालीगुराँस,ज्ञान मन्दिर र मनास्लु स्कुल रहेका छन् । मञ्जरी,राजन मेमोरीयल,न्युटन,सेब र ध्रुवतारा समूह बीमा रहेका छन् । समूह सीमा चिल्ड्रेन हेराल्ड,कौशल,हिमरश्मी,सृजना ज्ञानसागर र पुष्प कुञ्ज रहेका छन् । प्रेसियस,नमोबुद्ध,फेरील्याण्ड,बिभुती र मस्र्याङदी स्कुल समूह डीमा रहेका छन् । प्रत्येक समूहबाट उत्कृष्ट दुई टिमले क्वाटरफाईनलमा प्रबेश पाउने छन् ।

चार दिने प्रतियोगिताको बिजेताले शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट ३ लाख ५० हजार रहेको छ ।