विचार/ब्लग

‘बलात्कारीलाई फाँसी होईन, लिङ्ग काटेर नपुँसक बनाउने कानून हुनुपर्छ’

अन्जु भण्डारी/नारी एक देवी हुन्, नारी एक सत्यकी प्रतीक हुन् नारी एक सहनसिलता की पात्र हुन् । नारीले सधैं लगनसिलता भएर आफ्नो काम गरिरहन्छिन् । नारी कसैकी छोरी, कसैकी बुहारी, कसैकी श्रीमती, कसैकी आमा र नारी धर्ती र जननी हुन् । पुरुष र नारी एउटै रथका दुई पांग्रा हुन् भनिन्छ पुरुषको जस्तो मूल्य र मान्यता हुन्छ समाजमा त्यसैगरी विना नारी पनि संसार चल्दैन तर पनि खै किन हो आज नारी नै सुरक्षित छैनन् । महिला हिंसा कहिले सम्म चलिरहन्छ कहिले महिला हिंसाको अत्य हुने हो ? महिला विरुद्धका हिंसा हुने सम्पुर्ण बलात्कार लगायतका हेपाहा प्रबृतिहरु हिंसात्मक कार्यहरु हुन् ।

वलात्कार गर्नेलाई महापापी भन्दै उस पापीलाई कानुन बनाई जेलको सजाय, जन्मकैद सजाय, फाँसी पनि नदिनुस् । सक्छ भने यो देशको कानुनले यी मानवरुपी दानव कुकुरहरुको लिङ्ग काटेर नपुसक वनाई दुईटै हात र खुट्टा काटेर जिन्दगी भरी मर्नु न वाच्नु वनाउनु पर्दछ । चाहेर पनि मर्न नसकोस् र वाँचेर पनि वाच्नुको अर्थ नहोस । वाँचेर पनि मरे तुल्य होस् र जिन्दगी भरी पलपल याद गरोस् ।

यस्तो किसिमको हिंसाले कुनै पीडितको लिङ्गलाई प्राथमिकतामा राखेर कुनै विशेष समुहलाई लक्षित गरेको हुन्छ । यस्तो हिंसा लिङ्गमा आधारित हुन्छ अर्थात महिला भएकै कारण कसैले यस्तो हिंसाको शिकार वन्नुपरेको छ । एउटा महिलाले जन्मपुर्व देखि मृत्यु नहुन्जेल सम्मको अवस्थामा महिला भएकै कारणवाट हुने विभिन्न खाले विभेदपुर्ण व्यवहार शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरु र दुव्र्यवहारहरु सहनु परेको छ एउटा महिलाले, महिला हिंसाको सबैभन्दा खतरनाक र डरलाग्दो हिंसामा पर्दछ, यौनिक यातना अर्थात वलात्कार । नेपाल एक पुरुष प्रधान समाज हो । यहाँ जतिसुकै आधुनिक युगको कुरा गरेपनि परम्परागत सोचमा परिवर्तन भएको छैन । यस्तो हो भने नारी एउटा महिला पुरुष सरह निडर धएर कहिले सम्म वाहिर निस्कन पाउछे त ? जहिले पनि यो पापी दुनियाँमा, यो पापी संसारमा पुरुष सरह एक्लै स्वतन्त्र धएर हिड्ने वातावरण को सिर्जना कहिले हुन्छ । हाम्रो देशमा हाम्रो गाउँ समाजमा महिलाहरु सुरक्षित छैनन् । उनीहरु न त घरमा नै सुरक्षित छन् न त घर बाहिर नै सुरक्षित छन् । किन यी गिद्दे नजर राख्ने पुरुषहरुको सिकार वन्छिन् नारी, अझ बालीका अनि बृद्ध  हजुरआमा ?

यी पुरुषहरु किन महिलालाई वलत्कार गर्छन, कतै कतै महिलाहरुले पुरुषलाई पनि बलात्कार गरेका घटना समाचार नबनेका त होईनन् ती अपबाद समाचारहरुलाई लिएर भन्दा दैनिक हुने महिलालाई गरिने बलात्कार महत्वपूर्ण देखिन्छन् । अर्काकी छोरी चेलीलाई वलत्कार गर्दा यिनीहरुलाई आफ्नो आमा, दिदी, वहिनी, छोरी चेलीको याद आउदैन । यति सम्म गरेकी यी दानब पुरुषले एउटी नावालिका देखि लिएर एउटी बुढी हजुरआमा सम्मलाई पनि छोडेनन् । ए मानबरुपी दानब हो तिमीहरुका पनि छन् दिदी, बहिनी, छोरी, चेली होलान् तिनीहरुलाई कसैले वलात्कार गरेको सहन सक्छौ ।

वलात्कारी पापीहरु भेली तिमीहरुमा नि यस्तो बज्रपात पर्न सक्छ सहन सक्छौ । किन वलात्कारका घटनाहरु आज भोली दिन प्रतिदिन वढ्दै गएका छन् । एउटा सेलाउन नपाउदै अर्को घटना फेरी घट्छ । अब नेपाली मीडियामा बलत्कारका समाचारहरु नछापीएको दिन नै हुदैन, कति सुन्नु एउटा वालीका वलात्कार भई, वलात्कार पछि निर्घात तरिकाले हत्या भयो भन्ने समाचार कति सुन्नु, कति देख्नु, कति लेख्नु महिला वलात्कृत भए भनेर । यी वलात्कारी (मान्छेका रुपी कुकुरहरु)लाई एउटी सानी वालिका अनि एउटी हजुरआमालाई वलात्कार गर्दा अलिकति अजक, लाज, अनि घिन लाग्नु पर्ने हो ।

एउटी महिलाले ९ महिना आफ्ना आफ्नो पेटमा बोकेर यो धर्तिमा जन्मेको हु, यो दुनियाँ देख्न पाएको छु भनेर सोच्नु पर्ने हो । वलात्कार एक अवैध, अनैतिक, अनुश्चित र नाजायत व्यवहार हो अर्थात महिलाहरुलाई भोग विलास वा मनोरञ्जनको साधन सम्झेर पुरुषले महिला माथि यस्तो घीन लाग्दो दुव्र्यवहारको बारेमा सरकारको ध्यान आकर्षण गराउन अति जरुरी छ । विचरा महिला वलत्कृत भएर आफ्नो अमुल्य गहना, इज्तत गुमाउछिन् । अनि यस अपराधी समाजबाट तिरस्कृत हुन्छिन् र अन्तिममा आत्मा हत्या गर्न बाध्य हुन्छिन् ।

वलात्कार गर्नेलाई महापापी भन्दै उस पापीलाई कानुन बनाई जेलको सजाय, जन्मकैद सजाय, फाँसी पनि नदिनुस् । सक्छ भने यो देशको कानुनले यी मानवरुपी दानव कुकुरहरुको लिङ्ग काटेर नपुसक वनाई दुईटै हात र खुट्टा काटेर जिन्दगी भरी मर्नु न वाच्नु वनाउनु पर्दछ । चाहेर पनि मर्न नसकोस् र वाँचेर पनि वाच्नुको अर्थ नहोस । वाँचेर पनि मरे तुल्य होस् र जिन्दगी भरी पलपल याद गरोस् ।

आफुले गरेको गल्ती सम्झेर पश्चातप गर्दे मृत्युको दिनहरु गन्नु परोस् । अनि त्यसलाई पनि याद आवस पीँडा भनेको के हो ? जव सम्म यो वलात्कारीहरुलाई समातेर कडा भन्दा कडा सजाय हुदैन तव सम्म यस्ता घटनाहरु घटिरहन्छन् । एउटा वलत्कारीले कुनैपनि सजाय नपाउदा अर्थात समान्य सजाय पाउने भएकै कारण यस्तो अपराधहरु दिन प्रतिदिन वढ्दै गएको छ । त्यसैले नेपाल सरकारले यो वलत्कार जस्तो जघन्य अपराधलाई समान्य नसोचेर नारीलाई वलत्कार गर्नेलाई पनि यस्तो सजाय दिओस् कि जुन सजाय देखि डराएर कसैले पनि एक वालिका, हजुरआमा अथवा एक नारीलाई वलत्कार गर्ने हिक्मत पनि नगरोस् । वलत्कार भन्ने शब्द नै सुनेर डराओस् । यसका लागि नेपाल सरकारले गम्भिर रुपमा रोचेर यस्तो अपराध हुनवाट महिलाहरुलाई वचाउनु पर्दछ ।