राजनीति

७७ जिल्ला र ७ सय ५३ स्थानीय तहका तरुणहरुलाई सरकार बिरुद्ध उत्रन केन्द्रीय अध्यक्ष बस्नेतको निर्देशन

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले आफ्नो अण्डरमा रहेका नेपालभरका तरुण दलका जिल्ला कार्यसमितिलाई १५ गते हुने प्रमुख प्रतिपक्षी दल काँग्रेसको ओली सरकार बिरुद्धको देशब्यापी प्रदर्शनमा उत्शाहजनक रुपमा सहभागीत जनाउन निर्देशन दिएको छ ।
तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले जिउनले भनेका छन् ल्ला कमिटिको नेतृत्वमा हुने काँग्रेसको ७७ जिल्लाका सदरमुकाममा हुने प्रदर्शनमा ७ सय ५३ स्थानीय तह र जिलाका पदाधिकारी तथा देशभरका तरुणहरुलाई बिरोध कार्यक्रम सफल बनाउन आग्रह गरेका छन् ।

उनी भन्छन्,

“प्रिय तरुण साथिहरु, जय नेपाल !
ओली सरकारको अधिनायकबादी एवं जनबिरोधी क्रियाकलापको बिरुद्ध भोलि श्रावण १५ गते मंगलबार, ७७वटै जिल्लाका सदरमुकाममा,कांग्रेस जिल्ला कार्य समितिको नेतृत्वमा हुने बृहत् बिरोध प्रदर्शन कार्यक्रम लाई सशक्त र बृहत् बनाउन तरुण दलका सवै जिल्ला, क्षेत्रीय, पालिका र वडाका अध्यक्ष, उपाध्याक्ष, सचिव लगायत सम्पुर्ण तरुण साथिहरु लाई हार्दिक अपिल गर्दछु । मिति-२०७५-०४-१५
जय नेपाल, जय तरुण!!”