साहित्य

लाठको ‘छमिया’ लोकार्पण

काठमाडौँ । करातेका खेलाडी एवं साहित्यकार गणेशप्रसाद लाठको व्यङ्ग्य कथासंग्रह छमियाको आज यहाँ लोकार्पण गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य घनश्याम भुसाल र राजनीतिक विश्लेषक सिकेलालले एक समारोहकाबीच पुस्तकको लोकापर्ण गरेका हुन् ।

कार्यक्रममा नेकपाका नेता घनश्याम भुसालले लेखक मारवाडी परिवारमा हुर्के पनि नेपाली साहित्यलाई यस कृतिमार्फत उचो बनाएको बताउनुभयो । उहाँले यस पुस्तकमा भएका मधेशका कुरालाई राष्ट्रियतासँग जोड्न थप सहयोग पु¥याएको धारणा राखे ।

सिकेलालले मधेशका मध्यमवर्गका विसंगतिमाथि लेखकले व्यङ्ग्यात्मक ढंगले पुस्तकमा कटाक्ष र हास्यस्पद शैलीमा लेखेको बताए । उनले पुस्तकमा मधेशको समाजमा देखिएका कुरालाई विवरणात्मक, व्याख्यामत्क र अनूभूतितुल्य किसिमले उतारेको बताए ।

यसैगरी पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक महेश पौड्यालले पुस्तकभित्र रुपबाट मधेश कस्तो रहेछ भन्ने कुरा लेखकले चिनाएको बताए। “हामीले बाहिरी रुपबाट मात्र मधेश बुझेका रहेछौँ”, उनले भने, “तर पुस्तकमा मधेशको वास्तविक दृष्टिकोण उतारिएको छ ।”

अर्का समीक्षक मदन लम्सालले पुस्तकमा रहेका हरेक कथा पढ्दा आफ्नै भोगाइ जस्तो लाग्ने गरेको बताए । उनले पुस्तकमा मधेशको स्थानीय झल्कने कुरालाई बढी प्राथमिकता दिइएको बताए ।

मञ्जरी प्रकाशनद्वारा प्रकाशित उक्त पुस्तकमा लेखकले नौ वटा व्यङ्ग्य कथा चोरसँग साक्षात्कार, नेपाल श्रीमती–श्रीमान् महासंघ, भ्रष्ट–आचार, भ्रम पिसाच, पान बाबा, ठूलो मान्छे, म वीरगञ्जे, रामभरोसकी छमियालगायतका रहेका छन् ।

लेखक लाठले मधेशीकी एउटा नारीमा शीर्षकमा राखेर कथा लेखिएको बताए । उनले मधेशमा देखिएका वास्तविक भोगाइलाई काल्पनिक पात्रका रुपमा प्रस्तुत गरेको बताए । उनले समाजमा देखिएका पीडालाई आफूले लेखकले बताए ।