राजनीति

बिबादकाबीच नेविसंघ महाधिवेशनको नयाँ मिति टुंगो लाग्यो

काठमाडौँ । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आगामी कात्तिक २३ गतेभित्र नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न गर्ने बताएका छन् । उनले त्यसका लागि नेविसंघको निर्देशन समितिको बैठक चलिरहेको र त्यस समितिले छिट्टै मिति घोषणा गर्ने जानकारी पनि दिए ।

रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा महरले नेपाल विद्यार्थी संघ विधिभित्र रहेर सञ्चालन भइरहेको दाबी गरे । उनले भने, “मैले नेविसंघभित्र गलत निर्णय गरेको छैन । असन्तुष्ट पक्षसँग पनि छिटै मिलाप हुने र एकताबद्ध हुन्छ ।”

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान अध्यक्षले मनोमानि गरेको र नेविसंघ विधिसम्मत नचलेको बताए ।

उनले २२ सदस्यीय पदाधिकारीलाई विधान विपरित अध्यक्ष महरले तीन जना थपेर २५ पु¥याएको बताए । उनले नेविसंघका २२ जिल्लामा विवाद रहेको दाबी गरे ।