पु.समाचार

गोबिन्द केसी बचाउन भन्दै चिकित्शक संघको मंगलबारबाट देशभर अस्पताल ठप्प पार्ने

काठमाण्डौ । नेपाल चिकित्शक संघले देशभरका ओपीडि सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । सरकारले अनशनरत गोबिन्द केसीके माग पुरा गर्नतिर नगई उनको जिबनरक्षा नगरेकोले संघ उक्त निर्णय गर्न बाध्य भएको संघका महासचिब लोचन कार्कीले बताए ।

इमरजेन्सीबाहेकका देशभरका सबै चिकित्शक सेवाहरु बन्द गर्ने चिकित्शक संघको निर्णयले सरकारलाई अप्ठेरो पर्ने अनुमान लगाउन सकिन्छ । आज गोबिन्द केसीको २४ औं दिनको अनशनमा समेत प्रधनमन्त्री ओली काँग्रेस र गोबिन्द केसीप्रति नरम देखिएका छैनन् ।
नागरिक समाजले बसन्तपुरमा बिहान १० बजेबाट बेलुकी ५ बजेसम्म अनशन कार्यक्रम यथावत राखेको छ भने गोबिन्द केसीको अनशनको समर्थन गर्नेहरुको संखयामा समेत बृद्धी हुंदै गएको छ ।