विचित्र संसार

यी हुन मान्छेलाइ खाने खतरनाक मान्छे, टाउको मात्रै बाँकी राख्छन !

काठमाडौं । दक्षिण अमेरिकामा रहेको अमेजन जंगल ५० लाख वर्गमिलमा फैलिएको छ र त्यहाँका ९ वटा देश ९ब्राजिल, बोलिबिया, कोलबिया, इक्वेडेर, फ्रेन्च गुयाना, गुयाना, पेरु, सुरिनाम र भेनेजुवेला० मा यसको विस्तार रहेको छ । त्यही जंगलमा यस्ता चिजहरु पनि पाइन्छन् जसबारे पत्याउन पनि मुश्किल हुन सक्छ । त्यहाँका आदिवासी निकै खतरनाक हुन्छन् । यदि कोही पनि खोजकर्ता घुम्दै घुम्दै ती आदिवासीको इलाकामा पुगे भने तीे मारेर खान्छन् र मृत शरीरको टाउको घरबाहिर झुण्ड्याएर राखिदिन्छन् ।

अमेजन जंगलमा यस्ता आदिवासी पनि छन् जसले बाहिर दुनियाँका मानिसहरुलाई कहिल्यै देखेकासम्म पनि छैनन् । तर सबै खोजकर्तालाई मार्ने आदिवासी हुँदैनन् । कोही यस्ता पनि हुन्छन् जो खाजकर्तालाई सहयोग गर्छन् । उनीहरु जनावरको छालाबाट बनेका सामानहरु खोजकर्तालाई दिन्छन् र बदलामा ती खोजकर्ताहरुबाट मेटलका भाँडाकुडा लिने गर्छन् । पेरुमा अमेजनको जंगलमा एक नदी छ । जसको तापक्रम ९३ डिग्री सेल्सियस रहेको छ । यो एक रहस्यमय छ । त्यस नदीमा यदि कोही पनि खस्यो भने त्यसको शरीर उम्लन सुरु भइसक्छ । त्यस नदीमा माछा पनि पाइँदैन । -एजेन्सी