स्वास्थ्य

प्रधानले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाल शारिरीक सुगठन तथा फिटनेश संघका उपाध्यक्षं एवं नेपालकै पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरका अध्यक्ष समेत रहेका नारायण प्रधानले आफ्नो उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

क्लबको विधान बमोजिम क्लबका अध्यक्ष अन्य संस्थाको कार्यकारी पदमा रहन नस्कने भएका कारण नेपाल शारिरीक सुगठनको उपाध्यक्ष पदमा रहिरहन असमर्थ रहेकाले पदबाट राजीनामा दिएको राजीनामा पत्रमा जनाईएको छ ।

प्रधानले क्लबको विधान बमोजिम क्लबका अध्यक्ष अन्य संस्थाको कार्यकारी पदमा रहिरहन बन्देज गरेको र नेपालमा दुई शारिरीक सुगठन संघको अस्तित्व रहेको तथा नेपालको पहिलो शारिरीक सुगठन संस्था नेपाल ब्यायााम मन्दिर सवैलाई समान रुपले स्थान प्रदान गर्दै नेपालमा शारिरीक सुगठनका खेलाडी उत्पादन र खेलको विकास गर्ने उद्धेश्यले स्थापित संस्था रहेकोले कुनै पनि संघमा बसिरहनु आफ्नो नैतिकताले नदिएका कारण पदबाट राजीनामा दिएको बताए ।

प्रधानले पदबाट दिएको राजीनामा संघले स्विकृत गरको प्रधानले जानकारी गराए ।