विचार/ब्लग

को हुन जननायक विपी कोइराला ? (स्मृति दिवस बिशेष)

काठमाडौंं । आज साउन ६ गते अर्थात वीपी स्मृति दिवस । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३६ औँ स्मृति दिवस नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी देशभरी मनाउदैँछ । जननायक विपी प्रसिद्ध साहित्यकार पनि थिए । उनले आफ्नो जीवनको लामो समय सम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनैतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे । कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो ।

विपीको राजनीतिक यात्रा
विश्वेश्वर प्रसाद राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो । आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका भाइ मातृकाप्रसाद कोइरालालाई इ.सं. १९३० मा तीन महिना सम्म बेलायती सरकारले कैद र्गयो । यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो । १९३२ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे । त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरे पछि दार्जी्लिङमा बसेर धेरै समय सम्म कानून पेशामा काम गरे । विद्यार्थी हुँदापनि उनी राजनीतिमा नजीक रहेका थिए । इ.सं. १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना र्गयो । त्यहाँबाट छुटेपछि उनले इ.सं. १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।

सन् १९४७ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद र्गयो । इ.सं. १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गरे। अक्टोबर १९५१ मा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यस पछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने ।

इ.सं. १९५९ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेसले विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे । उनको सरकार १८ महिना मात्र सरकारमा रह्यो । बीपीलाई अपदस्थ गरी २०१७ साल पुस १ गते राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागु गरेपछि बीपीको जीवनमा खुबै उतारचढाव आयो । विपी कोइराला समाजवादका मूर्धन्य व्यक्तीत्व थिए ।

छरिएको अहिलेको नेपाली कांग्रेसले विपीको कांग्रेसमा परिणत हुनुपर्छ अर्थात पार्टी भित्रैको किचलोलाई एकतामा परिणत गर्न ढिलो गर्न हुदैँन ।

विपीको साहित्यिक यात्रा
प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता वि.पी. कोइराला स्वतन्त्र रुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् । उनले लेखेका उपन्यास सबैमाझँ अहिले पनि उत्तिकै लोकप्रिय रहेका छन् । उनको नेपाली साहित्य फाँटमा अतुलनीय एवम् अविस्मरणीय योगदान रहेको छ ।

उनले लेखेका सबै कृति उत्तिकै लोकप्रिय रहेका छन् । बहुमूखी प्रतिभाका धनि विपीले लेखेका उपन्यासहरु यस्ता छन् ।

तीन घुम्ती, यसमा नारीका तीन रुप प्रेमिकन, पत्नि र आमा को चित्रण गरिएको छ । एउटी नारीको तीनवटा छुट्टा छट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसग यौनत्रिप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीक्रित भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो । यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो तीन घुम्ती ।

सुम्निमा, यो दुई भिन्न संस्कृतिको समन्वय, सम्मिश्रण गाथा हो । आर्य संस्कृतिमा आबद्ध सोमदत्त र पुलोमा पुत्रप्राप्तिका निम्ति शास्त्रसम्मत अनुष्ठान अनुसार यौनसम्पर्क राख्छन् । तर प्रेमबिनाको जर्बजस्ती यौनमिलनले मात्र गर्भ नरहने बरु मानसकुण्ठा र विकृतिको विकास हुने तथ्य यसमा प्रस्ट पारिएको छ । पूजापाठ एवं आध्यात्मिक आचरणको परिपालन गर्ने आडम्बरद्वारा भौतिकतालाई विर्सन खोजियो भने सुख शान्ति मिल्दैन । स्वच्छन्द विचरण गर्ने किराँत पुत्री सुम्निमा सँधै खुशी देखिन्छे, आनन्दमा रमाउँछे । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । सुम्निमा किराँत धर्मावलम्बीहरू द्वारा विवादमा ल्याइएको उपन्यास हो । सुम्निमा तथा पारोहाङ्ग किराँत धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँत हरूको आरोप छ ।

नरेन्द्रदाइ, नरेन्द्रदाई एक मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरुषका पत्नि र प्रेमिका दुई छुट्टा छुट्टै सम्बन्धका दुई स्त्रीहरु बीचको कथा हो । नायक नरेन्द्रलाई पत्नि गौरी र प्रेमिका मुनरियाले समान अधिकारसाथ सेवा गरेको र दुवैको आ आफ्ना ठाउँमा स्वतन्त्र अस्तित्व स्विकारिएको छ । पतिको प्रेम नपाए पनि पतिसेवामा अटल रहने आदर्श पत्नि र सामाजिक ग्रार्हस्थ सम्बन्धमा नअटाएर पनि प्रेम र सद्भावले गर्दा प्रेममा लीन रहने प्रेमिका ( दुई भिन्न चरित्रका नारीको जीवन्त गाथा छ नरेन्द्र दाई उपन्यासमा ।

मोदिआइन, यो सानो आकारको तर महत्वपूर्ण उपन्यास हो । हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो । त्यस युद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रुपमा मोदिआइन प्रस्तुत उपन्यासकी प्रमुख पात्रलाई विचित्रता साथ संयोजन गरिएको छ । युद्धको परित्याग र शान्ति स्थापना यसको सन्देश हो । अर्जुनलाई प्रेरित गरेर त्यत्रो युद्ध गराए कृष्णले तर आखिर सबैले छोडेर जानुप¥यो । त्यत्रो नरसंहारक युद्धको उपलब्धी के त ? वि.पी. को चिन्तन विश्लेषण यस उपन्यासमा प्रस्ट छ – युद्धत्याग अनि शान्ति स्थापना ।

हिटलर र यहुदी, जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ। कृष्ण र हिटलरलाई तुलनीय छटा देखाएर पूर्वीय मान्यतामै द्वन्द सृजना गरिएको छ र यो उपन्यासको नाम अनुसार ऐतिहासिक पृष्ठभूमिको झलकले भरिएको पनि छ । हिटलरले गरेको नरसंहार र युद्ध भयंकरता देखाएर यसमा पनि शान्ति मूल आधार हो भन्ने कुरा प्रस्ट पारिएको छ ।

बाबु, आमा र छोरा, यो प्रकाशनका दृष्टिले पनि अन्तिम उपन्यास हो । यसमा नाम अनुसार नै तीन पात्रहरुको सम्बन्धको चित्रण गरिएको छ । बडो विचित्र र नेपाली समाजमा नपच्ने खालको कथाश्रृङ्खला छ यसमा – आफ्नै छोराकी गर्भवती प्रेमिकासँग बाबुको दोश्रो बिहे भई बाबुकी पत्नीको स्थान लिनु । यस उपन्यासमा यी तीनवटै पात्रहरुको मानसद्वन्द र यौन मनोविश्लेषणको चित्रण गरिएको छ । प्रेमको त्रिकोणात्मकतासँगै यौनसमस्याको अप्रेसन गर्ने कार्य भएको छ यस उपन्यासमा । तर यस प्रकारको प्रस्तुति नेपाली समाजको त कुरै भएन, युरोपेली समाजमा पनि पाच्य हुन गाह्रो छ ।

प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, साहित्यका खानी, जननायक बीपी कोइरालाको स्वर्गारोहण २०३९ साउन ६ गते निधन भएको थियो ।

अन्त्यमा, वीपी यो देशका बरिष्ठ साहित्यकार मात्र नभएर, महान राजनेता पनि हुन । त्यसो हुँदा यो देशले वीपीबाट प्रजातान्त्रिक समाजवादको दर्शन पाएको छ । आजको नेपाली काँग्रेसले, यही दर्शन अवलम्वन गरेर काँग्रेशको नेतृत्वमा दूई दुई ओटा शान्तिपूर्ण जनआन्दोलन परिचालन गरेर सफलता हाँसिल ग¥यो । २०४६ सालको क्रान्ति सफल बनाएर संविधान दिन सक्षम भयो । यो संविधानमा पनि राजाको शक्ति बलियो नै रहेछ र दोस्रो जनआन्दोलन पनि नेकाको नेतृत्वमै (वीपीका भाई गिरिजा प्रसादको नेतृत्वमा) सञ्चालन गरेर देशमा प्रजातन्त्रमात्र नभै गणतन्त्र वहाली गराएको छ ।

नेपाली साहित्यको भण्डारमा वीपीका यी गहन, सारगर्भित कृतिहरूले कोशे ढुङ्गा थपेर गएको छ । उनको कलम साहित्यिक क्षेत्रमा अद्वितीयरूपमा चलेको छ । आज नेपाली काँग्रेसका नेताहरू तथा अनुआइहरूले वीपीले दिएको मार्गदर्शनलाई सही रूपमा व्यवहारमा उतार्न सकेमामात्र वीपीप्रतिको सच्चा आदर भाव सम्मान हुनेछ ।