बाग्मती

बिपी जयन्तीमा फलफूल वितरण

भक्तपुर । जननायक बिपी कोइरालाको ३६ औंँ स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं २ कार्यसमितिले आज विभिन्न अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।

समितिले दूधपाटीस्थित भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुगेर त्यहाँ उपचार गरिरहेका बिरामीको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरेको हो । सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नागरिक लोकतन्त्रको रक्षाका लागि नागरिकहरु फेरि सडकमा आउनुपर्ने अवस्था आएको बताए ।