राजनीति

कांग्रेस नेता सिटौलाले ओली सरकारमाथि लगाए यस्तो आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले ओली सरकार मनपरी तरिकाले अघि बढेको आरोप लगाएका छन् । कार्यकर्ता भेटघाटका क्रममा नवलपरासी पुगेका नेता सिटौलाले सरकारको यस्तो अधिनायकवादी प्रवृति नियन्त्रण गर्न कांग्रेस तयार रहनुपर्ने बताएका हुन् ।

उनले कांग्रेस राजनीतिक मार्गदिशा देखाउने ठाउँमा रहेकाले त्यसका लागि सरकारको नराम्रो कामको विरोध र खबरदारी गर्नु आवश्यक रहेको टिप्पणी गरेका छन् । लामो समयपछिको संघर्षबाट प्राप्त परिवर्तनको रक्षा गर्ने जिम्मेवारी समेत कांग्रेसको काँधमा आएको उनको भनाई थियो ।

वर्तमान सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा उठेका मागको वेवास्ता गरेको भन्दैँ उनले आक्रोस पोखेका छन् । सरकारबाट राज्यमा द्धन्द्ध निम्त्याउने काम भईरहेको बताए ।