समाचार

अनशनमै मृत्यु भएका नन्द प्रसादका छोराले भूमिगत अवस्थाबाटै ओलीलाई गाली गर्दै डा. केसीको गरे समर्थन

काठमाण्डौ । स्व. नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका भूमिगत सुपुत्र नुर प्रसाद अधिकारीले नेकपाका अध्यक्ष केपी शर्मा ओली र उनको सरकारलाई गाली गरेका छन् । भुमिगत नै रहेका अवस्थामा आफ्नो फेसबुकबाट उनले गोबिन्द केसी र उनको अनशनलाई समर्थन गर्दै सकारलाई गाली गरेर यस्तो स्टाटस लेखेका छन्,

‘गोबिन्द के सी ज्युको माग जनस्तर को हो तर त्यो जनस्तरको आवाज जनस्तरमामा आइपुग्छ कि नेता र पार्टीको गोजिमा पुग्छ त्यो यसै भन्न सक्ने अबस्था भने छैन। ज्यान मारेर पैसाका धन्दा चलाउने प्रचण्ड बाबुराम लगायत ज्यानमाराले शिक्षा स्वास्थमा पनि ब्यापारिक नीति लिनु कुनै नौलो कुरा होइन । तर यसरि शिक्षा स्वास्थ क्षेत्रमाअधिकतम ब्यपार न्युनतम ज्ञान हुनु हुदैन, अधिकतम ज्ञान हुनुपर्छ । गोबिन्द के शि ज्युले स्वास्थ क्षेत्रमा औल्यायको कमजोरी माफिया तन्त्र तस्करी सहि छ। धेरै जसो जनस्तरको अधिकार प्राप्तीको आवाज नेता र पार्टीको सिन्डिकेटमा फसेको छ। अन्त्यमा भागबन्डाको आधारमा हिसाब मिलेको छ, जनस्तरका आवाजहरु सार्बजनिक हितका बिसयहरु ग्याङ ग्याङमा बिभाजित छ बनायका छन।देशको सरकार नै ग्याङले चल्छ। सार्वजनिक हित भन्दा नि ग्याङ्को हितमा काम गर्छ। राजनितिक पार्टी र नेताले मेडिकल कलेज खोलेर जम्मा गरेको पैसा नेता र पार्टीले अराजनितिक गतिबिधी गर्न र सर्टिफिकेट बेच्ने धन्दा चलाउन प्रयोग हुँदै आयको छ । ब्यक्तीगत हित पार्टी विशेषको हितका लागि सार्बजनिक महत्वका बिसयलाई लत्यायका छन जसले गर्दा देश र जनताको अहित भयको छ। लुट्ने हिम्सा आतंक गर्ने देसमा जनतालाई अधिकारबाट बन्चित गर्ने सबै नेताहरु र राजनितिक पार्टी नै हो। ज्यानमाराहरु प्रचण्ड बाबुरामको कारण नेपालको यो अबस्था भयो जनताको गुणस्तरिय जीवन खस्केको खस्कै छ। बाउराम र हिसिलाको युरोप भ्रमण हुदा युरोपियन देशहरुमा नै ज्यानमारा अपराधी जोइपोइलाई समातेर कारबाही गरि न्याय मिलाइदिन अन्तर्राष्ट्रिय न्यायिक समुदायलाई आग्रह गर्दछु। यसरी ज्यानमारा अपराधीहरु बाबुराम हिसिला युरोप भ्रमण खुलमखुला गर्नुले धेरै शङ्का गर्ने ठाउँ छ। ज्यानमारा बाबुरामको हजारौं अपराधको पोको खोलिनु भन्दा पहिले युरोप भ्रमण रहस्यपुर्ण छ।

नन्दप्रसाद अधिकारीको आमरण अनशन बेका बेला निधन भएको थियो भने गंगामाया अधिकारी पनि न्यायका लागी अनशन बस्दा आफ्नौ शरिर जयादै कमजोर बनाएकी छन् ।