राजनीति

प्रहरी हस्तक्षेपले उग्र रुप लिएपछि तरुण दलले देशब्यापी आन्दोलन गर्ने घोषणा

काठमाण्डौ । नेपाल तरुण दलले आईतबार देशभर प्रदर्शन गर्ने भएको छ । आज भएको प्रदर्शनमा अध्यक्ष जीतजंग बस्नेत सहित जर्दर्नौ तरुण दलका नेता कार्यकर्ता घाईते भएको जानकारी दिँदै तरुण दलले भोली देशभर बिरोध कार्यक्रमहरु गर्ने जनाएको छ ।
तरुण दलका महासचिब भूपेन्द्रजंग शाहीले प्रशबिज्ञप्तीमार्फत नेपाल तरुण दलको आयोजनामा आज बृहत बिरोध प्रदर्शनको क्रममा सघिय सम्सद भबन नयाबानेस्वर अगाडि निषेधआज्ञा तोड्ने क्रममा यो अधिनायकवादी तानासाही सरकारले अन्धाधुन्ध लाठीचार्ज र अस्रुग्यास प्रहार गरि केन्द्रिय अध्यक्ष जितजङ बस्नेत सहित दर्जनौं नेता कार्यकर्ता घाइते भएका र शान्तिपुर्ण प्रदसनमा यो नालायक सरकारको आदेसमा प्रहरी द्वारा व्यापक दमन र हस्तक्षेपको नेपाल तरुण दल घोर भ्रत्सना र निन्दा गर्दछ। नेपाल तरुण दल यो सरकारको कुनैपनी दमन र निरंकुस कदमबाट पटक्कै पनि बिचलित हुने छैन।यो सरकारको अधिनायकवादि रबैयाको बिरोधमा तरुण दलले कडा प्रतिकार गर्ने प्रष्ट पार्न आन्दोलन गर्न लागेको बताएका छन् ।

महासचिब शाहीले आजको शान्तिपूर्ण बिरोध प्रदर्शनमा ओलि सरकारको आदेशमा भयको प्रहरी दमनको बिरोधमा भोलि देस्ब्यापी ७७ जिल्लामै जिल्ला प्रसासन कार्यलय अगाडि बिरोध प्रदर्शन गर्ने निर्णय भयको जानकारी गरा गराएका छन् ।