विशेष

तरुण दलको शान्तीपूर्ण आँन्दोलनमा प्रहरीद्वारा आक्रमण, अध्यक्ष बस्नेतसहित दर्जनौ घाईते (तस्विर सहित)

सुर्यखबर सम्बाददाता/काठमाण्डौ । डा.गोबिन्द केसीको अनशनलाई समर्थन गर्दै निकालिएको तरुण दलको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत लगायत दर्जनौ काँगेस कार्यकर्ता घाईते भएको तरुण दलले बताएको छ ।
तरुणल दलको बिशाल जुलुस माईतीघरबाट नयाँबानेश्वरचौकतिर जाँदैगर्दा तरुण दलका नेताकार्यकर्ताहरुले निशेधित क्षेत्र तोडेपछि प्रहरीले लाठी चार्ज गर्न शुरु गरेको थियो । आन्दोलनको सबैभन्दा अग्रभागमा रहेका अध्यक्ष जीतजंग बस्नेतले भीड नियन्त्रण गर्दै झडप हुनबाट बचाउन खोज्दाखोज्दै प्रहरीले आक्रमण गरिहाल्यो । घाईते हुनेमा उक्त स्थानमा भएका ललीतपुर काँग्रेस सभापति मदन अमात्य, नेबिसंघका पूर्ब उपाध्यक्ष क्षितिज भण्डारी, तरुण नेता बाबुराम आचार्य, नेपाल प्रेश यूनियनका महासचिब अजयबाबु सिवाकोटीचेतराज बजाल, राधिका हमाल, रामेछाप तरुण दलका पूर्ब उपसभापति दिलीप अधिकारी लगायत छन् ।
प्रहरीको अन्धाधुन्द अश्रु गयास प्रहारबाट केही सञ्चारकर्मी समेत घाईते भएका थिए । नयाँ बानेश्वरको एभ्रेष्ट होटल अगाडी तरुण दलको जुलुस छेउमा पूर्ब प्रधानन्यायधीश शुसीला कार्की, गगन कुमार थापा, मानबअधिकारकर्मी कृष्ण पहाडी, रबीन्द्र मिश्र, उज्वल थापा, बलिउड नेतृ मनिषा कोईराला, लेखक खगेन्द्र संग्रौला, अधिवक्ता ओमप्रिकाश अर्याल लगायतका अधिकारकर्मीहरुको ब्यापक जनसहभागीतामा गोबिन्द केसीको जीबन रक्षाका लागी ओली सरकारको बिरुद्धमा प्रदर्शन र बिरोध र्याली रहेको बेला थियो ।
उक्त तरुण दलले निशेधित क्षेत्र तोडेपछि शुरु भएको प्रहरी र तरुण दलका कार्यकर्ताहरुको ढेंगा हानाहान कार्यक्रम पुनः माईतीघरमा नै आएर समाप्त भएको थियो । अध्यक्ष बस्नेत लगायत नेताहरुलाई उपचारका लागी अस्पताल लगिएको छ, झडपमा प्रहरीका डीएसपी। इनसपेक्टर सहित केही प्रहरी अधिकारी पनि घाईते भएको बताईएको छ ।
आज भएको तरुण दलको आन्दोलन र प्रहरी हस्तक्षेपलाई हेर्दा अब ओली सरकारलाई अबका दिन फलामको चिउरा चपाउनु सरह हुने देखिएको छ ।  घाईतेलाई उपचारको लागी कसैलाई सिभिल अस्पताल त कसैलाई काठमाण्डौ मोडल अस्पताल लगिएको छ ।

तरुण दलको आन्दोलमा फोटो खिच्दै गरेका पत्रकार घाईते भएपछि
प्रहरीको लाठीचार्जबाट घाईते भएका मदन अमात्य, सभापति लतितपुर                                                                                                                                   
-तरुण दलका पूर्ब केन्द्रीय अध्यक्ष, काँग्रेस केन्द्रीय सदस्य एबम् पूर्बमन्त्री महेन्द्र यादब घाईतभएपछि अस्पतालमा उपचार गराउदै तरुण दलका पूर्ब केन्द्रीय अध्यक्ष, काँग्रेस केन्द्रीय सदस्य एबम् पूर्बमन्त्री महेन्द्र यादब घाईतभएपछि अस्पतालमा उपचार गराउदै र बरिष्ठ नेता रामचन्द्र पौडेल स्वस्थ्यको बारेमा जानकारी लिदै

 

ललितपुर काँग्रेसका अध्यक्ष मदन अमात्य, तरुण नेता बाबुराम आचार्यसंग तस्विर खिचाउदै    आन्दोलनमा घाईते र प्रदर्शनकारीहरु   
तरुण दलको आन्दोलनमा प्रहरी हस्तक्षेप भएपछि देखिएको बानेश्वरका रुणभूमि रुपी सडकको दृष्य                                                                                                 
प्रहरीले तरुण दल प्रदर्शनमा अश्रु ग्यास प्रहर गरेको अवस्था                                                                                                                                                    
निशेधित क्षेत्र प्रबेश गर्नै ठाँउ छेउमा तरुण आन्दोलनलाई तितरबितर गर्ने क्रममा प्रहरीको कडा सुरक्षा                                                                                             
तरुण दलको आन्त्दोलनमा प्रहरीको लाठी चार्जबाट घाईते भएका नेबिसंघ पूर्ब उपाध्यक्ष क्षितिज भण्डारी                                                                                     
अध्यक्ष बस्नेत र महासचिब भूपेन्द्रजंग बस्नेत लगायत तरुण दलको टोली माईतीघरबाट बानेश्वर जाने क्रममा                                                                                        
सुनसरी तरुण दलका अध्यक्ष सिजन गुरुगं लगायत आन्दोलनमा सकृय                                                                                                                                           
अध्यक्ष बस्नेत, महासचिब शाही लगायत तरुण नेताहरु आन्दोलनमा निशेधित क्षेत्र तोड्ने क्रममा