पर्यटन/संस्कृति

तारा एयरको नयाँ विमान भित्र्यायो

काठमाडौं । ताराएअरले आफ्नो नयाँ ट्विनअटर वायुयान भित्र्याएको छ । सो विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गरेको हो।

चालक दलमा वरिष्ठ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, वरिष्ठ क्याप्टेन पवनसिंह नगरकोटी तथा प्राविधिक सहयोगार्थ ईन्जिनियर जगत लामा रहेका छन् । हाम्रो चालक दलका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट एअर वर्दिनेस्ई निस्पेक्टर ईन्जिनियर विधान श्रेष्ठ रहेका छन् । सो नयाँ विमान भाई किङ्ग ४०० श्रृङ्खला को हो ।

भाई किङ्ग ४०० श्रृङ्खलाका यी ट्विनअटर वायुयानहरु सजिलै नेपालका चुनौतीपूर्ण विमानस्थलहरु जस्तै लुक्ला, डोल्पा, तथा रारामा उडान भर्न सक्षम छ।

रितपुर्वक सबै जाचँहरुबाट सफलतापुर्वक गुज्रिएर, परिक्षण उडान समेत सफलतापुर्वक सम्पन्न गरेपछि सो विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा ढल्(ब्ीइ दर्ता नम्बर प्रदान भएको छ ।

सो नयाँ वायुयान थप भएबाट नेपालको सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने महत्वाकांक्षा सक्षममता एअरले समेत महत्वपुर्ण योगदान पुर्याउन सक्ने बताईएको छ । तारा एअरको उद्देश्य नै विकट नेपालको विकाश रहेको छ ।