मनोरञ्जन

‘मिस्टर भर्जिन’ को ‘पैसा फेक तमाशा देख’ बजारमा (भिडियो)

काठमाडौं । चलचित्र ‘मिस्टर भर्जिन’ को दोस्रो गीत बजारमा आएको छ । शुक्रबार हाइलाईट्स नेपालमार्फत ‘मिस्टर भर्जिन’को पहिलो गीत बजारमा आएको हो । फिल्मको टिजर सार्वजनिक भएको ‘पैसा फेक तमाशा देख’ बोलको आइटम गीत आज सार्वजनिक भएको छ ।

नायिका छुल्ठिम गुरुङसँगै नायक गौरव पहारी, कमलमणि नेपाल र बिजय बराललाई फिचरिङ गरिएको छ । गीतमा शशि रावल र राजेन्द्र भट्ट उर्फ मिस्टर आरजेको स्वर रहेको छ । चलचित्र भाद्र १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउदैँछ ।