समाचार

भ्रष्टाचारको आरोपमा खड्काबिरुद्ध अख्तियारले गर्यो मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डुडुवा गाँउपालिका बाँकेका इन्जिनियर तेजराज खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

खड्कामाथि माटो पटान तथा ग्राबेल सडक निर्माणका लागि प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग घुस मागेको अभियोग लागेको आयोगले जनाएको छ ।

आयोगको टोलीले इन्जनियर खड्कालाई घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो ।

आयोगले बिगो असुल गरी कैद सजायको माग गरेको छ ।