प्रवास

साउदीमा ३ दर्जन बढी नेपाली यस्तो हालतमा, न खान पाएका छन् नत सुत्न नै (शेयर गर्नुहोला)

काठमाडौं । रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका ३ दर्जन बढी नेपाली अलपत्र परेका छन् । पिडितहरुका अनुसार उनीहरु ४ दिन देखि भोकभोकै बसेका र सुत्न समेत पाएका छैनन् । गत बर्षको फागुन १ गते त्यहाँ पुुगेका उनीहरु सम्झौताअनुसारको काम र तलब नपाएपछि कन्तबिजोग भएको हो ।

साउदीस्थित नेपाली राजदूतावासले उनीहरु काम गर्ने कम्पनिलाई तलब उपलब्ध निर्देशन दिईसकेको छ । तर पिडितहरुका अनुसार कम्पनिले उनीहरुलाई काम गरेको तलब सुविधा नदिएको गुनासो गरेका छन् ।

पिडितहरुमा जालपाका शेसन श्रेष्ठ, युवराज निरौला, डम्बर श्रेष्ठ, मेख निरौला, तेज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, प्रेमचन्द्र तामाङ, कमल गुरुङ, भीम तामाङ, सोलुखुम्बुका गणेश हिङमाङ, , चन्द्रप्रसाद हिङमाङ, निराजन दमाई, मानबहादुर खड्का, राष्टकुमार राई, जयकुमार राई, टंकबहादुर कार्की, खोटाङका धनीराम राई, अशोक तामाङ, अरुण तामाङ, राजन राई, सन्तोषकुमार बस्नेत, देबेन्द्र बस्नेत लगायत रहेका छन् ।

उनीहरुले आफूहरुको उद्धारको लागि सरकारसँग माग गरेका छन् । अलपत्र परेका युवाहरुको उद्धारका लागि वैदेशिक रोजगार विभागले सम्बन्धित मेनपावर कम्पनीलाई निर्देशन दिईसकेको छ । अलपत्र युवाहरुलाइ क्याट्रिङको कामका लागि भन्दै इम्पावर ओभरसिजले साउदी पठाएको थियो ।