पु.समाचार

टिचिङका निर्देशक महराले एकाएक किन दिए राजीनामा ?

काठमाडौ । त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलका निर्देशक प्राध्यापक डाक्टर दीपक महराले राजीनामा दिएका छन् । महराले आफ्नो व्यक्तीगत कारण देखाउदैँ राजिनामा दिएका हुन् ।

शिक्षण अस्पताल महाराजगञ्जका अनुसार महराले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) का डीन डा. जगदीशप्रसाद अग्रवालसमक्ष राजीना पत्र बुझाएका छन् । टिचिङको कार्यकारी परिषद्ले नयाँ निर्देशक नियुक्त नगर्दासम्मका लागि उनको पदावधी थपेको छ ।

उनले एकाएक राजिनामा दिनुले शंका पैदा भएको छ । महराको चार वर्षे कार्यकाल करिब एक महिनाअघि नै सकिएपछि शंका उब्जिएको हो ।