कृषि

खड्गवारलाई नमूना कृषि गाउँ बनाइने

नेपालगञ्ज । बाँके जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गतको कोहलपुर नगरपालिका वडा नं १३ स्थित खड्गवार गाउँलाई नमूना कृषि गाउँ बनाइने भएको छ ।

प्रदेश नं ५ सरकारले उक्त स्थानमा नमूना कृषि गाउँ निर्माण गर्न आवश्यक प्रक्रियासमेत अघि बढाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताए ।

प्रदेश सरकारले ल्याएको एक निर्वाचन क्षेत्रमा एक नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत बाँकेको खड्गबार गाउँलाई छनोट गरिएको हो । बाँकेका अन्य दुई निर्वाचन क्षेत्रका गाउँ अझै टुंगो नलागेको मन्त्री पौडेलले जानकारी दिए ।

किसानलाई प्रविधिको अभाव हुन नदिन एकजना प्राविधिक पनि प्रदेश सरकारले नै नियुक्ति गरेर नमूना गाउँमा खटाउने गरी कार्य अगाडि बढाइएको पनि उनले बताए ।

प्रदेश नं ५ को भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्पmत प्रदेशअन्तर्गतका ५२ निर्वाचन क्षेत्रमा यसखाले नमूना कृषि गाउँ निर्माण हुने मन्त्रालयका सचिव यमनारायण देवकोटाले जानकारी दिए ।