राजनीति

केही केही मान्छेहरु गोविन्द केसीलाई भोकै राखेर आफ्नो रोटी सेक्न खोज्दैछन्: प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजनीतिकदलहरु आफ्नो दुनो सोझ्याउन गोविन्द केसीको जीवनसँग खेलवाड गरीरहेको बताएका छन् । पोखरा विश्वविद्यालयको १९ औं साधारणसभालाई बिहिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भिर रहेको बताए ।

डाक्टर गोविन्द केसीको स्वास्थ्य कमजोर भएको जानकारी पाएपछि सरकारले चिकित्सकको टोली पठाँउदा केसीको छेउमा पुग्न अवरोध गर्नु नाजायज काम भएको उनले बताए । एउटा जनताले जे भन्यो त्यो सरकारले पत्याइदिनु जायज नभएको भन्दै प्रधानमन्त्री ओलीले भने, “गोविन्द केसी आफ्नो खुशीमा चलिरहनु भएको छ कि पराधिन हुनुहुन्छ ? बुझ्न सकिएन । ”

प्रधानमन्त्री ओलीले केही राजनीतिक दलले गोविन्द केसीको अनसनलाई देखाएर आफ्नो राजनीतिलाई जीवित राख्न खोजे त्यो स्थायी नुहने दाबी गरेका छन् । “केही–केहीमानिसहरु गोविन्द केसीको अनसनलाई देखाएर आफ्नो रोटी सेक्न खोज्दैछन् ” प्रधानमन्त्री ओलीले भने ।

चिकित्सकले हड्ताल गर्नु आफ्नो पेशागत मर्यादा विपरीत भएको प्रधानमन्त्रीको भनाइ छ । “अन्य पेशाका पेशाकर्मीलाई आज हड्ताल छ, कामगर्दिन भन्दात्यसले ठुलो घाटा नगर्ला तर, डाक्टरले बिरामीजाँच्दिनभन्दा एकै दिनमा कयौंको ज्यान जान सक्छ” प्रधानमन्त्री ओलीले भने “बिरामीको उपचार गर्ने पेशा रोज्ने अनि उपचारै गर्दिन भन्नु नैतिकता हिनता हो ।”

काँग्रेसको आन्दोलनप्रति संकेत गदै प्रधानमन्त्री ओलीले कसैलाई मन नपरेको पार्टीले बुहमत ल्यायो, सरकार बनायो भन्दैमा आन्दोलनगर्नुको अर्थ नभएको बताए । “कसैलाई मन नपरेको पार्टीले बहुमत ल्यायो होला,कसैलाई मन नपरेको मान्छे प्रधानमन्त्री भयो होला । यो जनताको निर्णय हो” प्रधानमन्त्री ओलीले भने–“त्यसकारण यस्ता कुरामा आन्दोलन गरेर केही अर्थ छैन ।”