मनोरञ्जन

सरु गौतमको ‘चाइनाको रेल’ बजारमा (हेर्नुहोस् भिडियो)

काठमाडौँ । गायिका सरु गौतमले हिन्दु नारीहरुको पर्व तिजको पूर्व सन्ध्यामा नया तिज गित चाइनाको रेलमाू लिएर आएकी छिन । लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनि सरुले भर्खरै मात्र तिज गित सार्बजनिक गरेकी हुन् । गायिका ‘सरु’ नेपाली सुगम संगीतमा चल्तीको नाम हो ।

सुमधुर स्वरकी धनी सरु पछिल्लो समय पप गित, आधुनिक गित, तिज गित तथा लोक गित र चलचित्रको पार्श्व गायन तथा अन्य उनका चर्चित गितहरुका कारण बढी चर्चामा रहदै आएकी छिन ।

ब्यबसायी तथा गीतकार कुमार कटुवालको शब्द तथा दिपक शर्माको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा मोडल सुप्रिया कटुवाल, सबि कटुवाल तथा गायिका सरु गौतमको बेजोड अभिनय तथा नृत्य देख्न सकिनेछ । छायाँकार उत्सब दाहालले छायांकन गरेको उक्त भिडियोलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका छन् भने सुशील न्यौपानेले सम्पादन गरेका छन् ।

भिडियोः-