अन्तर्राष्ट्रिय

शान्ति सहमतिपछि वार्ताको लागि आग्रह

खारतुम । दक्षिण सुडान र यहाँका विद्रोहीबीच शान्ति सहमति भए पनि वार्ताको लागि प्रगति हुननसकेको भन्दै वार्ताका लागि संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ ।

उक्त शान्ति सहमतिको यहाँका राजनीतिक दल, अधिकारवादी, छिमेकी अफ्रिकी देश तथा विश्व समुदायले नै स्वागत गरेका थिए । दुई हप्ताअघि यहाँका विद्रोही र सरकारबीच युद्धविराम भएको हो ।

दक्षिण सुडानी राष्ट्रपति साल्भा किर र यहाँ हिंसात्मक विद्रोह गरिरहेको संस्थाका नेता रिक माचारले यहाँको सशस्त्र विद्रोहको स्थायी युद्धविराम गर्ने सहमति गरेका हुन् ।

सुरुमा युद्धविराम र त्यसपछिको शान्ति वार्ताको सहमतिलाई एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ । समाचारमा जनाइएअनुसार दुई हप्तअघि भएको भनिएको स्थायी युद्धविरामपछि यहाँ दुवै पक्षबाट हिंसात्मक हमलाका घटना भएको छैन ।

तर पनि अपेक्षितरुपमा वार्ता अघि बढ्न नसकेको भन्दै जतिसक्दो चाँडो हिंसा अन्त्य र दिगो शान्तिका लागि वार्ताको प्रक्रियालाई गतिदिन राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले आग्रह गरेका छन् ।

दक्षिण सुडानमा लामो समयदेखि हिंसा जारी छ । सुडानबाट छुट्टिएर बनेको उक्त देश स्वतन्त्र भएसँगै हिंसात्मक विद्रोह पनि शुरु भएको थियो ।

यस हिंसालाई यो पछिल्लो शान्ति सम्झौताले अन्त्य गर्ने विश्वास गरिएको छ । उक्त स्थायी युद्धविराम सम्झौतामा दक्षिण सुडानका सबै राजनीतिक दलले पनि हस्ताक्षर गरेका छन् ।

सुडानका विदेशमन्त्री अल डियरडीरी अहमदले दक्षिण सुडानको इतिहासमा यस सम्झौताले महत्वपूर्ण परिवर्तनमा सहयोग पु¥याउने अपेक्षा गरिएको बताए ।