विचित्र संसार

हजुरबा र नातिनीबीच लगनगाठो कसिएको ३ महिनापछि मात्र थाहा भयो, कारण छ यस्तोे !

काठमाडौ । विश्वमा अनौठा र अपत्यारिला घटना भइरहेका छन् । तर सत्यलाई पत्याउन बाध्य नै हुनुपर्छ । मानिसको जीवनमा अनेक संयोगहरु हुने गर्छन् । तर कतिपय संयोग यस्ता पनि हुन्छन्, जो मानिसले कल्पनासम्म गरेका हुँदैनन् । यस्तै भएको छ, अमेरिकाको फ्लोरिडा बस्ने २४ वर्षीया एक युवती र ७८ वर्षका बृद्धलाई ।

७८ वर्षको उमेरमा एकजना धनी बृद्ध व्यक्तिले २४ वर्षीया युवतीसँग विवाह गरे । बिहेपछि दुबैको जीवन सुखद बितेको थियो । तर तीन महिनापछि भने उनीहरुको जीवनमा भूकम्प आयो । तीन महिनापछि युवतीलाई थाहा भयो, आफूले श्रीमान मान्दै आएका व्यक्ति त उनका आफ्नै हजुरबुवा पो रहेछन् । आफ्नो श्रीमानका पुराना तस्वीरहरुको एल्बम हेर्दा उनको आँखा एउटा तस्वीरमा गयो ।

उक्त तस्वीरमा उनका बृद्ध श्रीमान र पहिलो श्रीमती र बच्चाहरुको तस्वीर थियो । उनले सोध्दा पहिलो श्रीमतीको बारेमा श्रीमानले बताए । त्यसपछि श्रीमान मानेर बसेको मान्छे त आफ्नै हजुरबुवा पो परेछ भन्ने स्पष्ट भयो । त्यसपछिको अवस्था के भयो होला, हामी कल्पना पनि गर्न सक्दैनौं । तर अचम्म, सबै कुरा थाहा पाएर पनि यी युवतीले भने आफ्ना हजुरवुवालाई छोड्न चाहँदिनन् । उनको भनाई छ, ‘हामीबीच राम्रो सम्बन्ध छ । यौनसम्बन्धदेखि सबै कुरा भइसक्यो । अब त्यो नाता अहिले थाहा भएको हो, त्यसैले मैले छोड्न सक्दिन ।’

बृद्ध व्यक्तिकी पहिलो श्रीमतीले उनलाई छोडेर हिंडेकी थिइन् । निकै खोजतलास गरेर पनि नपाएपछि उनले अर्को विहे गरेका थिए । दोश्रो बिहे पनि टिक्न नसकेपछि उनी त्यसै बसेका थिए । यसैबीच उनले लौट्रीबाट निकै बढी पैसा कमाए । त्यसपछि उनलाई फेरी बिहे गर्ने रहर जाग्यो । अनि एउटा डेटिंग एजेन्सीको माध्यमबाट उनले अहिलेको नातीनी नाता परेकी युवतीसँग बिहे गरे । -एजेन्सी