मनोरञ्जन

साजन र अन्जुको “घरबार जगाउने” गीत बजारमा(भिडियो)

काठमाडौं । हरितालिका तिजको पूर्व सन्ध्यामा आफना सिर्जनाहरु विभिन्न सर्जकहरुले लोक पारखीहरुका लागी फरक किसिमको गीत संगीत ल्याउने क्रममा मालति डिजिटल प्राली प्रस्तुतीमा लाल शेर राई र साजन लामिछानेको मौलिक लोक लयमा आधारित गीत “घरबार जगाउने”को भिडियो बजारमा आएको छ ।

गायक साजन लामिछाने र गायिका अन्जु पौडेलको सुमधुर आवाज गीत तयार परिएको छ । तीजमा नेपाली नारीको पिडा र ब्यथालाई गीतको माध्यमबाट तयार पार्ने गरिन्छ । गीतमा मनमा जस्तो सुकै पीडा भएपनी आफू मनमा खुशी बोकेर ब्रत बस्ने कुरा गीतमा गरिएको छ ।

गीतलाई जिवन्तता दिने काम गरिएको छ । गीतमा लक्ष्मी श्रीमाली र लय सिर्जना रुपेश भटटको रहेको छ । गीतको डान्सिङ भिडियोलाई रेशम दलामीले क्यामेरामा कैद गरेका छन् भने डान्सिङ गीतहरुमा ख्याति प्राप्त निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन् । साथै कलाकारको अभिनयलाई जिवन्त राख्दैको भिडियो सम्पादन दिपक विष्टले गरेका हुन् । भिडियोमा सजना पाण्डे , रवि पाठक , सन्ध्या लामा र सुरेन्द्र लामाको अभिनय रहेको छ ।