लुम्बिनी

वडा कार्यालय भवन निर्माण

नेपालगन्ज । बाँके जिल्ला नरैनापुर गाउँपालिकाको जमुनीमा–६ उक्तकार्यालयको चारकोठे भवन निर्माण गरिएको छ । गाउँपालिकाको रु ३८ लाखको लागतमा एक बैठक कक्षसहित चार कोठाको भवन निर्माण भएको वडाध्यक्ष प्रेमप्रसाद उपाध्यायले बताए ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नवनिर्मित भवन उद्घाटन गर्दै यसबाट नागरिकलाई सेवा प्रवाह गर्न सजिलो हुने विश्वास व्यक्त गरे ।

यसैगरी, सोही गाउँपालिकाको भोजपुरस्थित जयकिसान माध्यमिक विद्यालयमा दुईकोठे भवन निर्माण भएको छ । जिल्ला शिक्षा समन्वय इकाईको आर्थिक अनुदान र स्थानीय जनश्रमदानवाट उक्त दुईकोठे भवन निर्माण गरिएको हो ।