राजनीति

बिराटनगर पुगेर डा शेखरले भने, ‘कम्युनिष्ट सर्बसत्ताबाद बिरुद्ध लड्न तयार हुनुहोस’

बिराटनगर । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले बर्तमान सरकार सर्बसत्ताबादतर्फ अगाडी बढेकाले लोकतन्त्र नै गुम्ने खतरा रहेको बताएका छन् ।

कोईरालाले बिराटनगरबासीले २००७ सालमा निरंकुश राणा शासनका बिरुद्ध र २०४६ सालमा निरंकुश पंचायतका बिरुद्ध लडेको ईतिहाँस ताजै रहेको स्मरण गराउँदै भने, ‘बिराटनगर लोकतन्त्रको उदगम भुमी हो। बिराटनगरले कसैको निरंकुशता स्विकार गर्दैन। अब एकपटक जनतालेले कम्युनिष्ट सर्बसत्ताबादका बिरुद्ध लड्ने समय आएको छ। त्यसका लागी बिराटनगरबासीहरू पनि तयारी अवस्थामा रहनुहोस।’

‘विधी र विधान अनुसार पार्टी अगाढी बढ्यो भने कांग्रेस आफै बलियो भएर जान्छ हात मिलाएर फोटो खिचाएर एक भएको सन्देश दिईरहनु पर्दैन’ कोइरालाको कथन थियो । यस्तै कोइरालाले महासमितिको वैठक भदौमा हुनुपर्ने अडान राखे । महासमितिको वैठक सार्ने कुरा सुन्दैछु कोइरालाले भने, ‘यदि यो भुल फेरी गरियो भने कांग्रेसको लागी अर्को दुर्भाग्य हुन्छ।’ कोईरालाले समय पुगेका सबै भात्रृ संगठनको महाधिवेसन समयमै हुनुपर्नेमा समेत जोड दिए।

विधान अनुसार पार्टी चल्यो भने लोकतन्त्र बचाउन सकिन्छ र गन्तव्यमा पुग्न सकिन्छ उनले भने, ‘यो विभाजित मनस्थितिमा केही हुनसक्दैन ।’

बिराटनगरले कसैको निरंकुशता स्विकार गर्दैन। अब एकपटक जनतालेले कम्युनिष्ट सर्बसत्ताबादका बिरुद्ध लड्ने समय आएको छ। त्यसका लागी बिराटनगरबासीहरू पनि तयारी अवस्थामा रहनुहोस।’

प्रजातन्त्र सेनानी स्वर्गीय उमालक्ष्मी शर्माको स्मृतीमा डा शेखर कोइराला र उनकी धर्मपत्नी पूनम कोईरालाले निर्माण गर्नुभएको कोठा हस्तान्तरण कार्यक्रमलाई संबोधन गर्दै डा कोईरालाले दिब्या कोईराला र नोना कोईरालाले कोईराला निवासमा बसाउँनूभएको संस्कारलाई उमा शर्माले जीवनका अन्तिम दिनसम्म बचाईराख्नू भएको बताए। डा कोईरालाले कोईराला निवासको त्यो संस्कारलाई आफूहरूले निरन्तरता दिने बताए।

५ लाखको लागतमा नवनिर्मित भवनको साँचो आश्रमका अध्यक्ष जगत अर्याललाई श्रीमती पूनम कोईरालाले हस्तान्तरण गरेकी थिईन् । ।