सामाजिक सञ्जाल

पत्रकार पराजुली बिरटनगरबाट यसरी गर्छन् सरकारका मन्त्रीहरुको बिरोध

काठमाण्डौ । नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रीहरूलाई जनताको पक्षमा के के काम भयो भनेर प्रश्न गर्नुभएछः जवाफ चाहिँ यस्तो आयो होलाः
जवाफः अध्यक्ष ज्यु धेरै काम भएको छ । इन्टरनेटको मूल्य वृद्धि गर्यौ, टेलिफोनमा पनि घट्न दिएनौ बढेकै छ । सिण्डिकेट हटाउन पुरै प्रयत्न गर्यौं अब फेरि त्यसलाई हटाउने गरि छोडिदिएका छौं । ३२ हजार ड्राइभर, कुचिकार, पियन, पाले जस्ता योग्यता नभएकाहरूलाई जागिरबाट निकालिदियौं यो गर्न जो कसैले सक्दैन थे । वस्तुको मूल्य बढायौं कर बढाउन त्यो जरूरी थियो, पहिलेका मन्त्रीले कर बढाउने हिम्मत गरेका थिएनन् हामीले गर्यौं । काठमाण्डौमा धर्ना सर्ना हुन छोड्यो अब जुम्ला तिर पुग्यो , सरकारलाई आन्दोलनबाट सुरक्षित बनायौं अध्यक्षज्यु । त्यतिमात्र होइन सांसदको तलव १ लाख बनायौ मजदुरलाई १३ हजार दिँदा हुन्छ भनेका छौं । ठुलाठुला पुजीपति अहिले सन्तुष्ट छन् हिजो ती सन्तुष्ट थिएनन् । अब रेल आउँछ, जहाज आउँछ, बाटो बन्छ काम त पुरै सेटमा छ अध्यक्ष ज्यु हामी काम गरिरहेका छौं हजुरको सहयोग भने निरन्तर आवश्यक छ । फेसबुकबाट