अन्तर्राष्ट्रिय

भारतमा सडक दुर्घटना उच्च मात्रामा

नयाँ दिल्ली । विश्वका अन्य देशहरुको तुलनामा भारतमा सडक दुर्घटनाको दर उच्च रहेको पाइएको छ । चालकको लाहपवाह, मर्मत नगरिएका सडक, सवारी सधान र ट्राफिक नियम उल्लङ्घन नै यहाको सडक दुर्घटनाको प्रमुख कारण रहेको विज्ञहरुको भनाई छ ।

गत मङ्गलबार राति पनि भारतको पश्चिमी राज्य गुजरातमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा मारिएका यी व्यक्तिहरु एकै परिवारका भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

एक परिवारका सदस्य चढेको कार ट्रकसँग ठोक्किँदा सो घटना भएको र यसमा परी एक व्यक्ति घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।