राजनीति

घेराबन्दीमा परेका बेला आफ्नो बचाउ नगरेको भन्दै प्रधानमन्त्री ओली आफ्नै कार्यकर्तासंग आक्रोशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विधिको शासनमा हिँडाउन खोजेको बताएका छन्, । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँगको भेटघाटमा उनले भने, “देशलाई कानून र विधिको शासनमा हिँडाउने प्रयत्न सरकारको छ ।”

“संविधान, नियम, कानून र विधिअनुसार सरकारले काम गर्छ, जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन,” प्रधानमन्त्री ओलीले भने, “वर्तमान सरकारले देशलाई सही बाटोमा हिँडाइ सुशासन ल्याउन प्रतिबद्ध रहेको र त्यसबाट आफू बिचलित हुने छैन् ।

उनले जनताले सरकारलाई सुम्पिएको अभिभारा पूरा गर्नेमा कुनै सन्देह नभएको उल्लेख गर्दै सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधी, सामाजिक न्याय हुन नदिनेले सरकारका विरुद्ध अफवाह फैलाएका छन्, पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ भने ।

प्रधानमन्त्री ओलीले दुई/चार महिनामै समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न आग्रह गर्दै “चुनावभन्दा अघिका सरकारले देशमा जथाभावी गरेकाले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ, निर्वाचन आचारसंहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन/महिनासम्म सत्ता हस्तान्तरण नगरेर काँग्रेसले विधि विधान विपरीत कार्य ग¥यो” भने ।
प्रधानमन्त्री ओलीले कार्यकर्ता भेटघाटमा आफू चारैतिरबाट घेराबनदीमा परेका बेला कार्यकर्ताहरुले आफ्नो पक्षमा बोल्ने बेला आएपनि त्यसो हुन नसकेको भन्दै नेकपाका नेता कार्यकर्तासंग आक्रोशीत देखिएका थिए ।