खेलकुद

च्याम्पियनसिपमा सहभागी हुन फेन्सिङ टोली चीनतर्फ

काठमाडौं। विश्व फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली मंगलबार चीनको उझी प्रस्थान गरेको छ ।
जुलाई १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा कमला श्रेष्ठले साब्रे स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन् । राखेप च्याम्पियनसिपकी स्वर्ण विजेता कमला इन्डोसियामा हुने १८ औं एसियाली खेलकुदका लागि छनोट भएकी खेलाडी हुन् । व्यवस्थापकमा नेपाल फेन्सिङ संघकी सचिव हेल्गा राणा रायमाझी रहेकी छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।