आर्थिक

सन्राइज बैकको पाशुपती क्षेत्रमा काउण्टरको शुभारम्भ

काठमाडौं । सन्राइज बैंकले आफ्नो सेवा बिस्तार गर्ने क्रममा पाशुपत क्षेत्रमा ४ वटा साखा खोलेको छ । पशुपतिका तिलगंगा, वत्सलेश्वरी, महास्नान घर अगाडी र गुहेश्वरीमा पर्यटक प्रवेश काउण्टर साखा संचालनमा ल्याएको छ । उक्त काउण्टरको समुद्घाटन बैंकका संचालक समितिका सदस्य ज्योति कुमार बेगानी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले संयुक्त रुपमा गरेका थिए । विभिन्न मुलुकहरुबाट भ्रमणका लागि पाशुपत क्षेत्रमा आउने गैर हिन्दु पर्यटकहरुलाई दिईने प्रवेशाज्ञा वापत बिक्रि गरिने पर्यटक प्रवेश शुल्कलाई समयानुकुल बैंकिङ्ग प्रणाली मार्फत् टिकट विक्री गरी पर्यटक प्रवेशको सुव्यवस्थापन प्रयोजनार्थ उक्त काउण्टरहरु संचालन ल्याएको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्य श्री ओम कृष्ण जोशी, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य तथा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष, परिषद सदस्यहरु लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९० वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १०० वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।