राजनीति

काँग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीलाई डा. केसीका माग पुरा नगरे, दिए आन्दोलन गर्ने चेतावनी

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर चेतावनी दिएका छन् । निबर्तमान प्रधानमन्त्री समेत रहेका सभापति देउवाले प्रा. डा. गोबिन्द केसीको जीबन अत्यन्तै जटिल मोडमा पुगेको भन्दै आफ्नो सरकारले माथेमा आयोगको प्रतिबेदनका आधारमा जारी गरेकोले त्यसैलाई बिधेयकको रुपमा नलयाए काँग्रेसले गर्ने सडक र सदनको बिरोधलाई सामना गर्न तयार रहन चेतावनी समेत दिएका छन् ।
प्रधानमन्त्रीबाट राजनीनामा दिएपछि पहिलोपटक औपचारिक रुपमा प्रधानमनत्री ओलीसंग भेटघाट गरेका सभापति देउवाले बिधेयक तोडमोड गरेर सदनमा पास गर्ने प्रयत्न गरे कााग्रेससंग आन्दोलन गर्नुको बिकल्प नरहेको बताएका थिए ।
नेपाली काँग्रेसका भातृसंस्थाहरु नेबिसंघ, तरुण दल लगायतले डा. केसीको जीबनरक्षाका लागी बिभिन्न आन्दोल गरेपनि काँग्रेसले औपचारिक रुपमा देशब्यापी आन्दोलनको कार्यक्रम राखेको छैन ।
सभापति देउवाको मंगलबारको भेटले सभापति देउवाका पालामा कार्यान्वयनमा लगिन लागेको बिधेयकमा बर्तमान सरकारले हेरफेर गरे देशब्यापी आन्दोलन गर्ने संकेत देखिएको छ ।
आजको भेटबाट काँग्रेससंगको सरकार र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध अझ बिग्रन सक्ने राजनीतिक भबिश्यबाणी गर्दा अत्युक्ती नहोला । काँग्रेसले प्रधानमन्त्री ओलीले देश र जनताका काम गर्ने भन्दा पनि गफ बढी गर्ने गरेको बताउदै आएको छ ।

-हिजोमात्र सभापति देउवाले डा. गोबिन्द केसीको जीबनरक्षाको माग गर्दै यस्तो बिज्ञप्ती जारी गरेका थिए