राजनीति

डा.गोबिन्द केसीको जिबनरक्षाका लागी नेबिसंघको बिशाल जुलुस

काठमाण्डौ । मूल्यबृद्धी लगायतका बिषयमा पछिल्लो समयमा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको कृयाकलापको बिरुद्धमा सडक संघर्षमा उभिरहेको नेपाली काँग्रेसको बिद्यार्थी भातृसंस्था नेपाल बिद्यार्थी संघले मंगलबार माइतीघरदेखी नयाँबानेश्वरसम्म बिशाल प्रदर्शन गरेको छ ।

नेबिसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा नेबिसंघका केन्द्रीय पदाधिकारी, सदस्यहरु पूर्ब नेबिसंघका नेताहरु, काठमाण्डौको सबै क्याम्पसका नेबिसंघका स्वबीयू सभापति लगायत नेताहरु लगायत ठूलो संख्यामा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष महरले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ओली सरकारले जनबिरोधी काम गर्दागर्दै जनताको पक्षमा माग राखेर अनशन बसिरहेका डा. गोबिन्द केसीको ज्यान धरापमा हुंदासम्म उनका मागको सुनुवाई नगर्नु प्रधानमन्त्री ओलीको नालायकीपन भएको बताएका छन् ।
नेताहरुले गोबिनद केसीको जीउ तलमाथी भए त्यसको सम्पूर्ण जिममेवार सरकारले लिनुपर्ने बताएका छन् । प्रहरीले हस्तक्षेप गर्दा केही बिद्यार्थी नेताहरु घाईते समेत भएको नेबिसंघले जनाएको छ ।