बाग्मती

आलमका निधनमा शोक प्रस्ताव

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा यही असार २९ गते हृदयरोगका कारण बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको थियो । उनी २०७० सालमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का तर्फबाट रौतहट क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित थिए ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले शोक प्रस्ताव पढेर सुनाएका थिए । साथै आलमको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ८ गते बिहान ११ बजे बस्नेछ ।