खेलकुद

‘हिमस्टार फुटवल मेला’ भव्यरुपमा सम्पन्न

काठमाडौं । यहि जून १४, २०१८ देखि संचालन भएको हिमस्टार फुटवल मेला अभियान १५ जूलाई, २०१८ मा आधिकारिक रुपमा सम्पन्न भएको छ । भव्य रुपमा सफल भएको यस अफर अन्र्तगत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिद गर्ने ग्राहकले विशेष अफर प्राप्त गरेका थिए ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत निकै धेरै प्रतिक्रिया आएको र धेरै ग्राहहरु यो योजनासँग जोडिएका छन् । यो योजनाको सफलतासँगै कम्पनीले निकट भविष्यमा आफ्ना अमूल्य ग्राहक केन्द्रित योजनाहरु ल्याउने छ । हिम इलेक्ट्रोनिक्स प्रा लि सबै आफ्ना अमूल्य ग्राहकमा विशेषरुपमा धन्यवाद दिन चाहन्छ ।

साथै, सहभागी कम्पनीहरु र बहुमूल्य रिटेलर जसको सहयोग बिना यो विशाल क्याम्पेन सफलता पूर्वक पुरा हुने थिएन । हिमस्टार ब्रान्ड हिम इलेक्ट्रोनिक्स अन्र्तगतको गोल्छा कम्पनिको भगिनी संस्था हो ।

बिगत २० बर्षदेखि हिम इलेक्ट्रोनिक्सले बिभिन्न बिद्युतीय सामान उत्पादन गर्दै आफ्ना उपभोक्तामा बिक्री वितरण गर्दै आइरहेको छ । यस ब्रान्डको उत्पादन १९९८ देखि नेपाली ग्राहकमाझ निकै चर्चित रहेको छ ।