आर्थिक

सनराइजको कलंकी शाखा स्थानान्तरण

काठमाडौं । सन्राइज बैंक लिमिटेडले कलंकी शाखालाई कलंकी वडा नं. १४ (साविकको स्थानबाट करिव ५० मि.को दुरी) मा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा बैंकका संचालक समितिका संचालकहरु ई.बच्छराज तातेड र ज्योति कुमार बेगानीले कलंकी शाखाको संयुक्त रुपमा समुद्घाटन गरेका थिए ।

बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ९० वटा शाखा, १०० वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल रहेको छ ।