प्रदेश 1

दुहवी नगरको सार्वजनिक सुनवाइमा नगरवासीको उपस्थिती न्यून

सुनसरी । दुहवी नगरपालिकाको सार्वजनिक सुनवाइ कार्यक्रम नगरवासीको न्यून उपस्थितीमा आइतवार सम्पन्न भएको छ । सार्वजनिक सुनवाइ कार्यक्रम मार्फत नगर भित्रका सरोरकारवाला सहित अन्य आम सर्वसाधारण स्थानियवासीन्दाहरुलाई दुहवी नगरपालिकाको कार्यालयले १ वर्ष को अवधीमा गरेका काम कारवाहीका बारेमा कुनै जानकारी गराइएको थिएन ।

सार्वजनिक सुनुवाई कार्यक्रममा दुहवी नगरपालिकाका जनप्रतिनिधिहरु लगायत कर्मचारीहरुको उपस्थितिमा मात्र भएको तर आम जनताको उपस्थिति न्यून भएपछि कार्यक्रम सुरु भए लगतै दुहवी नगरपालिकाका प्रवक्ता बिजय कुमार चौधरीले यो कार्यक्रम हतारमा भएको हुँदा सबै नगरवासीलाइ सुसिचित गराउँन न सकिएकोमा दुहवी नगरपालिकाको तर्फबाट क्षमा मागेका थिए ।

यसैगरि दुहवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझाले दुहवी नगरपालिका कार्यालयले १ वर्ष को अवधीमा गरेका काम कार्वाहीका बारेमा कुनै जानकारी गराउँन न सकेकोमा क्षमा मागेका थिए । सुशासन, पारदर्शीता र जवाफदेहीताका लागि भन्दै दुहवी नगरपालिकाको कार्यालयको भवनमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सहभागिहरुले सल्लाह सुझावका साथै १ वर्षको अवधीमा गरेका काम कार्वाहीका बारेमा जवाफ समेत मागेका थिए ।

सहभागीहरुले बिशेष गरेर दुहवी नगरपालिकाको काममा चित्त न बुझेको गुनासो गर्दै सुझाव सहित प्रश्नहरु राखेका थिए । सहभागिहरुले मागेको जवाफ दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदार, उप–प्रमुख सुनिता दाहाल (साह)ले स्पष्ट पारेका थिए । उनीहरुले सार्वजनिक सुनवाई कार्यक्रमबाट नगर पालिकाका सरोकारवाला निकायमा जवाफदेहीता बढ्नुका साथै पारदर्शीता भएको विस्वास दिएका थिए ।

कार्यक्रममा सहभागिहरुले बिकास निर्माणका काममा गुणस्तर, नगरपालिकाको झन्जटिलो काम कारवाहि सजिलो हुँनुपर्ने, नगरमा अब्यब्यबस्थित फोहर ब्यब्यबस्थित हुँनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागिहरुले सिह दरबारको अधिकार गाउँसम्म भनिएता पनि संघियताको मुल मर्मलाइ बिर्सेर आर्थिक चलखेल गर्ने काम भएकोले बाटो र नाला बनाउने काममा सिमित न रहेर मानबिय, सामाजिक, आर्थिक र भौतिक बिकासमा जोड दिनुुु पर्ने सुझाब दिएका हुन् ।

सार्वजनिक सुनवाइ कार्यक्रम कोचिला एफ एम दुहवीको संयोजनमा भएको थियो । कोचिला एफ एम दुहवीका गबन चौधरीले कार्यक्रम उदघोषण गरेका थिए ।