राजनीति

भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त, को-को भए सिफारिस ?

काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूतमा निलकण्ठ उपे्रतीको नाम सिफारिस गरेको छ । दीपकुमार उपाध्यायले राजीनामा दिएपछि निर्वाचन आयोगका प्रमुख आयुक्त रहेका उप्रेतीको नाम भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएको हो ।

नेपाली राजदूतको पद केही महिनादेखि रिक्त रहेको थियो । पूर्व राजदूत उपाध्यायले प्रतिनिधीसभा सदस्यको चुनाव लड्न पदबाट राजिनामा दिएका थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतीलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारको सोमाबारको मन्त्रिपरिषद्को बैठकले उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा नियुक्त गरेको छ ।

संयुक्त अरब इमिरेट्स दुबई का लागि पनि नेपाली राजदूतको पद रिक्त रहेकाले चाडैँ नियुक्त गर्ने सरकारको तयारी रहेको छ ।