राजनीति

कांग्रेसले संसद चल्न नदिएपछि आधा घण्टाका लागि बैठक स्थगित

काठमाडौं । सरकारले चिकित्सा शिक्षा बिधेयक ऐनको विरुद्धमा प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । सरकारले सोमबार विधेयक संसदमा पेश गर्ने तयारी गरेको थियो ।

बैठकको सुरुमा बोल्दैँ कांग्रेस सांसद मिन विश्वकर्माले सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकले थप समस्या बल्झाउने बताएका थिए । त्यसपछि कांग्रेस सांसदहरुले उठेर विरोध जर्नाएका थिए । सभामुख कृष्णबहादुर महराले बस्न बारम्बार अनुरोध गरेपनि उनीहरुले मानेनन् ।

सभामुखको आग्रहलाई नमानेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।