प्रदेश 2

उद्धार सामग्री प्रदान

गौशाला । वर्षेनी बाढीको चपेटामा परी लाखौँ जनधनको क्षति हुने गरेको महोत्तरी जिल्लामा बाढीबाट उद्धारका लागि एक संस्थाले उद्धार सामग्री प्रदान गरेको छ ।

नेपाल सरकार तथा बेलायत सरकारको सहयोगमा नेपाल ग्रामीण पुनःनिर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रम महोत्तरीले जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीलाई उद्धार सामग्री प्रदान गरेको संस्थाका कार्यक्रम संयोजक विशाल तिमल्सिनाले बताए ।

सो संस्थाले रबरको डुङ्गा, लाइफ ज्याकेट, डोरी, आगलागीको बेला लगाउने पोशाक, माइक, भ¥याङ, स्ट्रेचर, हेल्मेट, रेनकोट, त्रिपाल, कोदालो, फरुवालगायतका सामग्री प्रदान गरेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

सो सामग्री बाढीबाट अति प्रभावित जलेश्वर नगरपालिका र मटिहानी नगरपालिकाका तीन स्थानमा उद्धारका लागि प्रदान गरिएको हो भने आवश्यक परेका बेला जिल्लाको कुनै पनि स्थानमा प्रयोग गर्न सकिने जनाइएको छ ।