राजनीति

चिकित्सा शिक्षा बिधेयक संसदमा पेश गर्ने सरकारको तयारी, संसद चल्न नदिने कांग्रेसको चेतावनी

काठमाडौं । सरकारले चिकित्सा शिक्षा बिधेयक ऐन सोमबार संसदमा पेश गर्ने तयारी गरेको छ । विधेयकमाथिको छलफललाई अगाडी बढाउने तयारी सरकारले गरेको हो ।

यसअघि नै दर्ता भएको अध्यादेश ऐनका महत्वपूर्ण अंश हटाएर नयाँ ऐन ल्याएपछि त्यसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाउदैँ आएको छ ।

हिजो पनि विधेयक संसदमा पेश गर्ने बैठकको कार्यसूची भएतापनि संविधानसभाका पूर्व सदस्य तथा नेकपाका नेता मोहम्मद मुस्ताक आलमको निधनको शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको थियो ।

सरकारले पूरानै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गरे संसद चल्न नदिने कांग्रेसको चेतावनी छ ।