खेलकुद

तेक्वान्दोमा २ स्वर्ण

काठमाडौं । यस राष्ट्रिय तेक्वान्दो संंघ–नेपालको ९ सदस्यीय टोलीले मित्रराष्ट्र कोरियामा भइरहेको १२ औं विश्व तेक्वान्दो कल्चर एक्सपोमा २ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्न सफल भएको छ । पुम्से तर्फ विनोद श्रेष्ठ स्वर्ण, रेशम तामाङ्ग रजत, विशाल पौडेल उपाध्याय र हरी थापाले कास्य पदक जित्न सफल भए । त्यसै गरी क्योरुगी तर्फ राधा बहादुर तामाङ्ग ६८ के।जी तौल समूहमा स्वर्ण, जित बहादुर कामी ४८ के।जी र मनिष बसेल ३२ के।जी तौल समूहमा रजत पदक जित्न सफल भएको राष्ट्रिय तेक्वान्दो संघ– नेपालका महासचिव राजकुमार कार्कीले जनाएका छन् । उक्त प्रतियोगितामा कूल ५७ राष्ट्र सहभागी थिए ।

सोही टिम कोरियाको जेजु टापुमा सन् २०१८ जुलाई १८ देखि २४ सम्म हुने जेजु कोरिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा यस संघका वरिष्ठ उपाध्यक्ष एकनाथ थापाको नेतृत्वमा सहभागी हुनेछ ।