पर्यटन/संस्कृति

१९ विश्व संस्कृत सम्मेलन नेपालमा हुने

काठमाण्डौं । काठमाण्डौ क्यानडाको भ्यानकुवर नगरको युविसीमा भएको विश्व संस्कृतसम्मेलनले १९ विश्व संस्कृत सम्मेलन नेपालमा हुने घोषणा गरेको छ ।आज कार्यक्रमको अन्त्यमा सन् २०२४मा नेपालमा हुने घोषणा भएको कुरा नेपालका प्रतिनिधि मण्डलको सदस्य केशव कोइरालाले जानकारी दिए ।

नेपालको तर्फ बाट नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान निर्देशक प्राडा काशीनाथ न्यौपाने विश्वसंस्कृत समितिको कार्य समितिमा मनोनयन भएका छन् ।

साथै सम्मेलनमा नेपालका तर्फबाट प्राडा काशीनाथ न्यौपाने ,प्रेम न्यौपाने र केशव कोइरालाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको जानकारी वाल्मीकि विद्यापीठका प्राचार्य डा. गणेश घिमिरेले जानकारी दिनुभयो ,साथै भ्रमण टोलीका सदस्यहरुले विभिन्न अनौपचारिक छलफलमा भागलिएको कुरा भ्रमण कार्यदलका सदस्य नवराज कट्टेलले जानकारी दिए ।

यहि कार्यक्रममा सहभागी हुन क्यानडा तर्फ जान लाग्नु भएका संस्कृत विश्वविद्यालयका उप-कुलपति कुलप्रसाद कोइरालालाई प्रधानमन्त्रीको ठाडो निर्देशनमा त्यसतर्फ जानरोक लगाई बालुवाटार लगेर राखिएको थियो ।