प्रदेश 2

आय आर्जनको लागि महिलालाई कर्जा वितरण

वीरगञ्ज । जितपुर सिमरा उपमहानगरपालिकाले आयआर्जन तथा व्यवसाय गर्नको लागि ५७ जना महिलालाई रु ५४ लाख कर्जा वितरण गरेको छ ।

सो उपमहानरपालिका–१ देखि १६ वडा सम्मका गरीब विपन्न दलित आदिवासी जनजाति महिलालाई रु ३० हजारदेखि एक लाखसम्म कर्जा वितरण गरिएको हो ।

गरीबी निवारण तथा सामुदायिक विकास प्रबद्र्धन कोषबाट सो रकम वितरण गरिएको हो । महिलाले सो रकम पशुपालन, विभिन्न व्यवसाय, अटो रिक्सा सञ्चालन गरी आत्मनिर्भर बनाउनमा कोसेढुंगा सावित हुने विश्वास जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले व्यक्त गरे।