गण्डकी प्रदेश

यी हुन् आफ्नै आमालाई मार्ने कपुत छोरा, आमाको भूतले तर्साउँदा घरमा कोही बस्दैनन (भिडियो)

काठमाडौं । गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका वडा नं. १ सपुङ्गेका एक व्यक्तिले आफ्नै ६४ बर्षिय आमालाई पिटेर मारेका छन् । प्यारलाईसिस् रोगले थला परेकी आमा बबि बिश्वलाई छोरा राजेश बिश्वले निर्धात कुटेर हत्या गरेका हुन् ।

राती आमाको मृत्यु भएपछि बिहानै आमा बितेको भन्दै राजेश गाउँमा गए । उनीसंगै १७ जना मलामीहरुले शबलाई शदखत गर्न दरौदी किनारमा लगे । शब जलाउने तयारी गर्दै गर्दा जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीहरुले नियन्त्रणमा लिए । अभियुक्त राजेश सहित १७ जना मलामीहरुलाई समेत नियन्त्रण गरि प्रहरीले अनुसन्धान गरेको थियो ।

हामी उक्त गाउँमा घटनाको बास्तबिकता बुझ्न जाँदा १२ जना मलामी छुटीसकेको थिए भने अभियुक्त राजेश विश्व सहित ४ जना अझै प्रहरी नियन्त्रणमा थिए । राजेशकी श्रीमतीले समेत प्रहरीलाई आमा पिटेर मारेको बयान दिएकी थिईन् । आमा मरेपछि घरमा कोही बस्दैन । घरमा राती राती भुतले तर्साएको र आमाको आवाजमा भूत बोल्ने भन्दै उक्त घर बस्न नमिल्ने समेत स्थानीयले बताए ।

भिडियोः-

 

https://youtu.be/2mwfKtnjDN8